शनिदेव मन्दिरका बाबा र पुजारी बस्ने घरटहरा भत्काइयो – Nagarikabhiyan : National News

शनिदेव मन्दिरका बाबा र पुजारी बस्ने घरटहरा भत्काइयो

राजविराज । बनअतिक्रमण गरि घर टहरा बनाएको भन्दै सप्तरीको चुरेजङलमा अबस्थित पर्यटक क्षेत्र शनिदेव मन्दिरका बाबा र पुजारी बस्ने घरटहराहरु आज भत्काइएको छ ।

सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ६ मा रहेको शनिदेव सामुदायिक बन उपभोक्ता समिती र बन कार्यालयले बन अतिक्रमण गरि बनाईएको उक्त घरटहरा हटाइएको डिभिजन वन कार्यालय सप्तरीले जनाएको छ ।

शव डिभिजन बन कार्यालय शम्भुनाथ रुपनीका बनकर्मचारी र उपभोक्ता समितिका पदाधिकारीले मन्दिर संरक्षणका लागि बाबा र पुजारी बस्ने घर भत्किएको त्यहाँका भक्तजनहरुले जानकारी दिएका छन ।

शनीदेव धार्मिक पर्यटकिय क्षेत्रको रुपमा बिकास हुँदै गएको रहेको बेला शनिदेव प्रती पुर्वग्राह राख्ने केही ब्याक्तीको उक्साहटमा बाबा र पुजारी बस्ने घर भत्काएर दुःखद दिएको पुजारी भुपेन्द्र यादवले बताउनुभयो ।

शनि देवलाई बदनाम गर्ने केही उछृङ्खल ब्याक्तीको पछाडी लागेर घरटहरा हटाउन समिती र बनकार्यालयको मिलोमतो रहेको पुजारी यादवको भनाई छ ।

पुजारी यादवले भन्नुभयो वन समितिका पदाधिकारीले शनि मन्दिरबाट आएको आम्दानी हालसम्म बाँडिचुडी खादै आएको र आफुले मन्दिर बिकासमा लगाउनु पर्छ भनेपछि बाबा बस्नलाई बनाएको घर भत्काईदिएको आरोप लगाउनुभयो ।

यादवले २०६३ सालमा शिव शनिधाम मन्दिर बिकासका लागि स्थानीय निकायको सिफारिसमा स्थानीय प्रशासनबाट अनुमति प्राप्त गरेको जानकारी गराउदै अतिक्रमको नाममा शनिदेव भक्तहरुलाई दुख दिन नमिल्ने यस्तो कार्य गरेको पुजारी यादवले गुनासो गर्नुभयो । बिरेन्द्र बजार देखि ३ किलो मिटर उत्तर बन क्षेत्रमा रहेको शनि देवमा अबैध तरिकाबाट थुप्रै घर टहरा बनेका छ्न ।

बन अतिक्रम हटाउन शुरु भएपछी चर्चित धार्मिक पर्यटकीय क्षेत्रका रुपमा बिकास हुँदै आएको शनिदेवको भबिश्य समाप्त हुने खतरा पुगेको स्थानीयहरुको भनाई छ ।

सामुदायिक बन उपभोक्ता समितिका सचिब बेचन प्रसाद साहले डिभिजन बन कार्यालय सप्तरीले दिएको आदेश बमोजिम अतिक्रमित टहरा हटाएको बताउनुभयो ।

डिभिजन बन कार्यालय शम्भुनाथ रुपनीका प्रमुख साहायक बन अधिकृत रामअशिस यादवले डिभिजन बन कार्यालयको पत्राचार अनुसार सामुदायिक बनका आग्रहमा बन अतिक्रमण हटाउन कर्मचारी खटाएको स्वीकार गरे । बनअतिक्रमण गरि धेरै घरटहरा बनाएपनि एउटा मात्र टहरा भत्काएर बन कर्मचारी सहितको बन समिति फिर्ता भएका थिए ।

बि.स. २०५५ सालमा स्थानीय पण्डित सत्य नारायण साहले शनिदेवको स्थापना गरि पुजा गर्न शुरु गरेपछि हाल यहाँ दैनिक हजारौं भक्तजनहरुको भिड लाग्ने गर्दछ । प्रत्येक शनिबार यहाँ ठुलो आवतजावत संगै मेला समेत लाग्दै गरेको छ ।