कोशीमा खाध्यको अवस्था बारे छलफल – Nagarikabhiyan : National News

कोशीमा खाध्यको अवस्था बारे छलफल

देवानगंज । सुनसरीको कोशी गाउँपालिकामा खाद्ययको अवस्था कुन चरणमा रहेको बिषयमा मानव अधिकार समुह कोशीले छलफल सुरु गरेको छ ।

गाउँपालिकामा खेतीयेग्य जमिन भएरपनि कोशी कटानपछी उत्पादनमा ह्रास आएको र पशुपालनको लागि सम्भावित क्षेत्रभएपनि चरिचरण अभावले संकटमा रहेको निष्कर्ष निकाल्दै खाद्यय उत्पादनमा बृद्धि र मासु तथा दुध उत्पादनमा आत्मनिर्भर बनाउन सरोकारवालासँग समुहले छलफल सुरु गरेको हो । समुहले एक वर्षयता गाउँपालिकाको आठवटै वडामा कृषि, पशु सहित खाद्ययको अवस्थाबारेमा अध्ययन र अवलोकन गर्दै त्यसको अवस्थामा सुधार ल्याउनका लागि सरकोकारवालासँगको छलफल अभियान सुरु गरेको हो ।

पहिलो चरणमा गाउँपालिकाको कृषि र पशु शाखाको अनुगमन सहित शाखा प्रमुखसँग छलफल गरेको समुहका सचिव बिष्णु यादवले जानकारी दिनुभयो । यादवका अनुसार कोशी गाउँपालिका कोशीको टप्पुको वन्यजन्तुबाट पीडित हुने र कोशी कटानले बगरमा परिणत भएको जग्गा १२ वर्ष बित्दा समेत पूर्व अवस्थामा फर्किन नसकेकाले उत्पादनमा कमी भएको हो । पालिकाको वडा नम्बर ३,४,५,६ र ७ मा पूर्ण कोशीकटानले उत्पादनमा समस्या भएको छ भने बाँकी सबैवडामा पशुपालनको लागि चरिचरण अभाव भएकाले त्यसलाई समाधान गर्न के गर्न सकिन्छ ? भन्ने बिषयमा छलफल सुरु गरेको समुहका सहसचिव रिना मण्डलले बताउनुभयो ।

गाउँपालिकाको कृषि र पुशसँगै खाद्ययको बारेमा बृहत छलफल गर्न माघ १२ गते मानव अधिकार समुहले पालिकाका अध्यक्ष सहित सरोकारवाला र शाखा प्रमुखसँग कार्यक्रम गर्ने भएको छ । समुहले आफ्नो पालिका क्षेत्रमा खाद्ययमा स्वच्छता, स्वस्थ्यता र उत्पादनमा बृद्धिका लागि सरोकारवालसँग छलफल गर्न लागेको समुहकी अध्यक्ष अनिता उराँवले जानकारी दिनुभयो ।

यसैबीच समुहले गाउँपालिकाको समन्वयमा शिक्षा, स्वास्थ्य, खाद्यय र आवास अधिकारको बारेमा थप कार्यक्रम गर्ने निर्णय समेत गरेको छ ।