‘छोरीलाई मेयर बनाउन मतपत्र च्यात्ने र ज्वाइँलाई घर किनिदिने, जनताका छोराछोरी चैं खेलौना हुन् ?
८ माघ २०७७, बिहीबार १६:०६
काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि कटाक्ष गरेका छन् । प्रतिनिधि सभा विघटनपछि नेकपा ओली र प्रचण्ड–नेपाल समूहमा विभाजित भएको छ ।
दुवै समूहले छुट्टाछुट्टै कार्यक्रम गरी एकअर्काप्रति खरो टिप्पणीदेखि कटाक्ष गर्दै आइरहेका छन् । यसैक्रममा बिहीबार प्रेस संगठन नेपालको ओली पक्षीय भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्डमाथि कटाक्ष गरेका हुन् । अवसरका लागि आफ्ना छोरीछोरी सम्झिने प्रचण्डले मर्ने बेलामा जनताको छोरीछोरीलाई प्रयोग गरेको ओलीको आरोप छ ।
आफू निसन्तान हुनुमा हिनताबोध नभएको भन्दै उनले आफूले देशका सबै केटाकेटीलाई आफ्नै सन्तान मानेको जानकारी दिए । तर, आफ्ना छोरीज्वाइँलाई अवसर दिएका प्रचण्डले आफ्नो आह्वानमा बलिदानी दिएका योद्धाका छोराछोरीको बिजोग बनाएको आरोप लगाए ।
प्रचण्डले छोरीलाई मेयर बनाउन मतपत्र च्यातेकोदेखि ज्वाइँलाई घरघडेरी किनिदिएको नाम उल्लेख नगरी आरोप लगाउँदै ओलीले भने, ‘छोरीलाई मेयर बनाउनै प¥यो, मतले नपुगे मतपत्र च्यात्नै प¥यो । ज्वाइँलाई घरघडेरी किन्दिनै प¥यो । मेरा त सन्तान छन् दिन्छु भनेछन् एकजनाले । गज्जब बहादुर हो । सुसुरो होस् त्यस्तो होस् ।’
आफू निसन्तान हुनुमा हर्ष वा विस्मात नरहेको बताउँदै ओलीले प्रचण्डलाई अहिलेको स्थानमा ल्याइपु¥याउने योद्धाहरुका छोराछोरी कहाँ छन् ? भन्दै प्रश्न गरे ।
ज्यान दिने बेला आफ्ना छोराछोरी विदेशमा राखेको प्रचण्डमाथि आरोप लगाउँदै अध्यक्ष ओलीले भने, ‘ज्यान दिने बेला जनताका छोराछोरी चाहियो, लड्ने बेला आफ्ना छोराछोरी विदेशमा राख्ने । जनताका छोराछोरी खेलाउने पुतली हन् ? उनीहरुको अवस्था के छ ?’ यस्तै ओलीले प्रचण्ड–माधव समूहले जनतालाई अनेक हाउभाउ गरेर फिल्म देखाइरहेको टिप्पणी गरे । क्यानाडानेपाल

फेसबुकबाट तपाईको प्रतिक्रिया