प्रचण्ड–माधव समुहका सात जना पक्राउ
८ माघ २०७७, बिहीबार १२:१६
राजविराज । सप्तरीबाट प्रचण्ड–माधव समुहको नेकपाका ७ जना कार्यकर्तालाई आज प्रहरीले पक्राउ गरेका छन ।
प्रधानमन्त्री केपी शर्मा ओली समुहको नेपाल कम्युनिष्ट पार्टी(नेकपा )ले गर्न लागेको मोटरसाइकल ¥यालि बिथोल्ने आशंकामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक राजेन्द्र प्रसाद धमलालले जानकारी दिनुभयो ।

सदरमुकाम राजविराजस्थित जनआन्दोलन चोकमा नाराबाजी गरिरहेका उनीहरुलाई त्यहीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।ओली समुहका नेता महेश बस्नेतको नेतृत्वमा सप्तरीमा मोटरसाइकल ¥याली र प्रशिक्षण कार्यक्रम गरिदैंछ ।
उक्त कार्यक्रमलाई बिथोल्ने योजना बनाएको भन्दै प्रहरीले आज बिहान प्रचण्ड–माधव समुहका ७ जनालाई नियन्त्रमा लिएको प्रहरी उपरिक्षक धमलाले बताउनुभयो ।

प्रचण्ड–माधव समूहका नेता उमेश यादवले असंवैधानिक कदमको बिरुद्वमा नारा जुलुस लगाएकै भरमा पक्राउ गर्नु तानाशाही भएको बताउनुभयो । प्रदर्शन गर्ने क्रममा पक्राउ परेकालाई रिहा गर्न उहाँले माग समेत गर्नुभयो । पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया