निर्वाचनबाट मात्र सम्भव नभई संविधानमै संशोधन गर्न जरुरीः महतो
७ माघ २०७७, बुधबार २०:५८
राजविराज । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले मुलुकको समस्या प्रतिनिधिसभा पुर्नस्थापना र निर्वाचनबाट मात्र सम्भव नभई संविधानमै संशोधन गर्न जरुरी रहेको बताउनुभएको छ ।
सप्तरीको राजविराजमा आज आयोजित बिरोध सभालाई सम्बोधन गर्दै महिला,जनजाती,थारु,मुस्लीम,आदिवासी र पिछडिएकका वर्गहरुको अधिकार सुनिस्चीत गर्न र लोकतन्त्रको रक्ष ागर्न अहिले सडकमा हामीहरु उत्रिएको बतानुभयो ।
प्रनिनिधि सभा बिघठान गरेर लोकतन्त्रको हत्या गरेको भन्दै यसको पुनस्थापना गर्न अहिले जनता समाजवादी पार्टी सडकमा उत्रिएको बताउदै अधिकार प्राप्तीका लागि हामी सधै लडन तैयार रहेको उहाँले बताउनुभयो ।
बैकलपिक शाक्ति निर्माणको लागि आफुहरु लडेको भन्दे काँग्रेस र नेकपा र बर्तमान सरकारले निर्माण गरिएको संबिधान नै हत्या गर्न खोजेको उहाँले आरोप लगाउनुभयो ।
आफु कुनै पार्टीमा नजाने अस्पष्ट पादै दमन र सोशनका कारण हिमालदेखि पहाड र तराई मधेसका दलित,उत्पीडित,आदिवासी,जनजातीहरुले पनि हरेका क्षेत्रमा अधिकारबाट बचित रहेको बताउनुभयो ।
सबैको हितमा संबिधान बने मात्र समृद्ध नेपाल हुने बताउदै यसका लागि अधिकार प्राप्ती संबिधान हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
करिब १० लाख नेपाली बिदेश रोजगारको लागि जाने गरेको बताउदै बर्तमान सरकार भ्रष्टचार,बलत्कार,हत्या र सिमानाका बन्द गरेर अहिले जनताहरुलाइृ दुख दिने काम गरेको उहाँले उल्लेख गर्नुभयो ।
उख्खु किसानले पनि अधिकारका लागि आन्दोलन गर्दा समेत सरकारले त्यसप्रति ध्यान नदिएको आरोप लगाउदै सरकारलाई पतन गराएर मात्र त्यो सम्भव हुने जिकिर गर्नुभयो ।
आज जसपाले प्रतिनिधि सभा बिघठनको बिरोधमा आयोजना गरेको बिरोधसभा अघि गाउँ गाउँबाट आएका हजारौंको संख्यामा नेता कार्यकर्ताहरुले प्रतिनिधिसभा विघटनको असंबैधानिक कदम खारेज माग गर्दै नाराबाजी गरि बजार क्षेत्र परिक्रमा गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया