रवीभवनस्थित अपार्टमेन्टमा भिषण आगलागी, यस्तो छ अबस्था! – Nagarikabhiyan : National News

रवीभवनस्थित अपार्टमेन्टमा भिषण आगलागी, यस्तो छ अबस्था!

काठमाडौँ ।  काठमाडौँको रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ ।

अपार्टमेन्टको माथिल्लो तलामा आगलागी भइरहेको छ । अपार्टमेन्टमा रहेकाहरुको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी अपिल बोहोराले आगलागीबारे खुल्न नसकेको बताए । ‘आगलागीबारे खुल्न सकेको छैन ।

अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ । हामी सबै फिल्डमा छौं,’ उनले भने ।