सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री राउत – Nagarikabhiyan : National News

सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री राउत

प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ५ बनरभुलामा शनिवार नेपाल पत्रकार महासंघ शाखा सप्तरीको १० औँ साधारणसभालाई सम्बोधन गर्दै सञ्चार क्षेत्रको विकासका लागि सरकार लागि परेको बताउदै देशमा संकट आएको समयमा पत्रकारहरुले खेल्ने भूमिका महत्वपूर्ण भएको उहाँले बताउनुभयो ।

कुनै पनि अधिकार प्राप्तिको आन्दोलन होस् या देशलाई संकट परेको खण्डमा पत्रकारले गरेको योगदान महत्वपूर्ण हुने उहाँले बताउनुभयो ।

सञ्चार क्षेत्रको विकास बिना देशमा सुशासन र समृद्धिको कल्पना समेत गर्न कठिन रहेको बताउदै संचार गृहको बिकास हुनुपर्नेमा जोड दिनुभयो ।

प्रदेश सरकारले सञ्चार क्षेत्रको विकासका लागि छिट्टै सञ्चार प्राधिकरण गठन र मिडिया काउन्सिल सम्बन्धि कार्य अगाडी बढाउन लागेको जानकारी दिदै प्रदेश सरकार सञ्चार क्षेत्र र पत्रकारहरुको हकहित र उनीहरुको स्तरबृद्धि र समस्याप्रति गम्भीर रहेको उल्लेख गर्नुभयो ।

सप्तरी जिल्ला आन्दोलनको ऐतिहासिक भुमि रहेको भन्दै मधेसी समुदाय उत्प्रित,पिछडीएका वर्ग,दलित,जनजाति ,मुस्लीम,महिलाहरुले अधिकार प्राप्तीका लागि समय समयमा बिभिन्न आन्दोलन समेत गरेको उहाँले बताउनुभयो ।

मुलुकमा परिर्वन गर्ने कार्यमा मिडियाकर्मीको महत्वपुर्ण भुमिकाले लोकतन्त्र,गणतन्त्र र संघीयता आएको भन्दै संचार क्षेत्र र संचारगृहको बिकास हुन जरुरी रहेको उहाँले जोड दिनुभयो ।

मिडियाको भुमिका अग्रस्तानमा हुन्छ भने मात्र लोकतन्त्र सुरक्षित रहन्छ भन्दै लोकतन्त्र सुरक्षीत राख्नको लागि मिडियाकर्मीहरुको योगदान हुनुपर्ने उहाँको भनाई थियो ।

मुख्यमन्त्री राउतले सञ्चार क्षेत्रको विकास र पत्रकारहरुको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउदै देशको अस्थिर अवस्थामा ल्याउनको लागि पत्रकारहरुको थप जिम्मेवारी बढेको भन्दै संघीय सरकारले निम्त्याएको जटिल अवस्थालाई सही दिशामा ल्याउन अझ सशक्त रुपमा भूमिका निर्वाह गर्न संचारकर्मीहरुलाई उहाँले आग्रह समेत गर्नुभयो ।

संविधानमै नभएको अधिकार प्रयोग गरेर बर्तमान सरकार देशलाई प्रतिगमन तिर धकेलेको उहाँले आरोप लगाउनुभयो ।

मधेशी जनताको बलिदानीबाट संघीयता आएको भन्दै यसलाई जोगाएर राख्नुपर्नेमा उहाँले जिकिर गर्नुभयो ।

मधेस आन्दोलबाट अहिले प्रदेश २ मा सरकार बनेको भन्दै चाडो भन्दा चाडो संचार प्राधिकरण गठन गर्न लागिएको भन्दै पत्रकारहरुको स्तर बृद्धि बिकास,संस्थागत बिकासका लागि आउने दिनमा सजिलो हुने उदेश्यले पनि सरकार लागि परेको मुखयमन्त्रीले राउतले बताउनुभयो ।

प्रदेश सरकारले बेटीबचाउ बेटी पढाउँ अभियान अन्र्तगत यस आर्थिक बर्षमा कक्षा आठमा पढने छोरीहरुको लागि ३० हजार नयाँ साइकल बितरण गर्ने योजना सहित तयारी गरिएको बताउनुभयो ।

अगामी महिनामा साइकल बितरण गर्ने योजना रहेको बताउदै कक्षा ११ र १२ मा अध्यन गर्ने छोरीहरुलाई समेत करिब दुई हजार ल्यापटप बितरण गर्ने बताउदै प्रदेश २ का आठ जिल्ला मध्ये चार ठाउँमा भने लोकसेवाको कक्षाहरु समेत संचालन गर्ने योजनाका साथ कामहरु अगाडी बढाइएको मुख्यमन्त्री राउतले बताउनुभयो ।

खास गरि दलित वर्गहरुको लागि शिक्षा क्षेत्रमा बिकास गर्नको लागि प्रदेश समृद बनाउन सबैले सहयोग गर्नुपर्ने उहाँले आग्रह गर्नुभयो ।

समाजमा रहेका उत्प्रेरीतमा परेकाहरुलाई उत्थान गर्नको लागि सरकारले हरेक क्षेत्रको बिकासमा प्रदेश सरकार गम्भिर रहेको बताउदै समाजमा भइरहेको भेदभाव पनि अत्य हुनुपर्नेमा जोड दिनुभयो ।

साथै प्रदेश नं. २ का हरेक जिल्लाम बाढी आएको बेला समस्या रहेको भन्दै यसलाई नियन्त्रण गर्न स्रोत र साधनको आधारमा नियन्त्रणको प्रयास गर्ने उहाँले प्रतिबद्धता समेत गर्नुभयो ।

यस्तै कार्यक्रममा प्रदेश नं. २ का भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले प्रेस स्वतान्त्रका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउदै पत्रकार समजको ऐनाको रुपमा रहेको भन्दै सरकारको नजर नपुगेको ठाउँमा पत्रकारहरुको जनर पुगेको हुन्छ उहाँले भन्नुभयो ।

पत्रकारिता मरियादित पेशा भएको भन्दै समाजको परिर्वतमा हरेका अगुवाको रुपमा सकारात्मक रुपमा काम गर्न संचारकर्मीहरुलाई आग्रह गर्नुभयो ।

सोही कार्यक्रममा समाजिक बिकास मन्त्री नबलकिसोर साहले बर्षनी आउने बाढीले क्षतिग्रहत र डुवान हुने सप्तरीको पुर्वी भेगका जनताको समस्याका लागि प्रदेश सरकारले पनि चासो लिनुपर्नेमा जोड दिनुभयो ।

नेपाल पत्रकार मंहासंघका अध्यक्ष जितेन्द्र खडगााको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा महासंघका पुर्व अध्यक्ष सहित बिभिन्न क्षेत्र संग आवद्ध एक दर्जज भन्दा बढीलाई प्रमानपत्रसहित दोसाला ओढाएर मुख्यमन्त्री लालबाबु राउतले समान्न गर्नुभयो ।