तराईको जाडो : चिसो पिडितलाई दाउरा बितरण,सप्तकोशीमा बिद्यालय बन्द
३ माघ २०७७, शनिबार ०७:४२
राजविराज । विगत चार/पाँच दिनदेखि तराई मधेसमा बढेको चिसोका कारण सप्तरीको जनजिवन कष्टर बन्दै गएको भन्दै सितलहरबाट बच्नका लागि वन तथा विभिन्न स्थानिय तहले दाउरा बितरणको कार्य सुरु गरेको छ ।
चिसोबाट बढी प्रभावित हुने गरिब असहाय तथा विपन्न परिवारलाई लक्षित गरि डिभिजन वन कार्यालय सप्तरीले शुक्रबार दाउरा बितरण सुरु गरेको जनाइएको छ ।
डिभिजन वन कार्यालय सप्तरीका प्रमुख सन्तोष झाका अनुसार राजविराजनगर क्षेत्रका साथै बिभिन्न ग्रामिण क्षेत्रका चौक, सार्वजनिक स्थानमा आवागमन गर्ने बटुवा तथा विपन्न बस्तिमा बसोवास गर्ने मानिसहरुलाई लक्षित गरि दाउरा बितरण सुरु गरिएको हो ।
यस्तै, जिल्लाको दक्षिणी भेगका तिलाठी कोइलाडी गाउँपालिकाले वन कार्यालयको समन्वयमा दाउरा खरीद गरि चिसोले प्रभावित बस्तिमा दाउरा बालेर आगो ताप्ने ब्यवस्था आज मिलाउने कार्यमा जुटेको जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष सतिश सिंहले गाउँपालिकाका ८ वटै सबै वडाका आवश्यक देखिएका स्थानमा दाउरा बलेर ठाउँ÷ठाउँमा बितरण कार्य आज बिहानबाट सुरु गर्ने उहाँले जानकारी दिनुभयो ।
आर्थिक अवस्था अत्यन्त दयनिय रहेकाहरुले खान लाउन समेत धौं धौं परिरहेको अवस्थामा उनीहरुका लागि दाउरा बालेर आगो ताप्ने व्यवस्था मिलाउन लागिएको गाउँपालिका अध्यक्ष सतिश सिँहले जनकारी दिनुभयो ।
बिगत चार÷पाँच दिनदेखि बढेको जाडोका कारण बिहानैदेखी वाक्लो हुस्सु र चिसो हावा चल्दा अत्याधिक चिसो बढेको छ ।
चिसोले बालबालिका तथा बृद्धबृद्धाहरु बढी प्रभावित हुन थालेका छन् । बिहानै देखी चल्ने शितलहर र हुस्सुका कारण घरबाट अत्यावश्यक काम भए मात्र मानिस बाहिर निस्कने गरेका छन् ।
त्यस्तै, चिसोका कारण स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा निमोनिया, कोल्डडायरिया, रुघाखोकीका बिरामीको चाप समेत बढेको अस्पतालका प्रमुख डा. रन्जित झाले बताउनुभयो ।
जिल्लाको बिभिन्न स्वास्थ्य संस्थामा समेत कोल्डडेरी र जडो संग समन्धितका बिरामीहरु आउने गरेको अस्पतालहरुबाट बुझिएको छ ।
यसअघि चिसोले जनजिवन कष्टकर बन्दै गएपछि २ नं. प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर सम्पर्क कार्यालय राजविराजको सहयोगमा नगरको विभिन्न ८ वटा सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था मिलाएको थियो ।
एक सता बिद्यालय बन्द
सितलहरसँगै अत्याधिक चिसो बढेपछि सप्तरीको उतरी क्षेत्रमा रहेको सप्तकोशी नगरपालिकाले सबै विद्यालय एक साताका लागि बन्द गरिएको छ ।
नगरपालिकाको बोर्ड बैठकले माघ १ देखी माघ ७ गतेसम्म नगरपालिका क्षेत्रभित्र रहेका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको जनाइएको छ ।उक्त नगरपालिका भित्र ११ वटा सरकारी र १२ वटा निजि विद्यालय छन् ।
तराई मधेसमा बिगत चार÷पाँच दिनदेखि अत्याधिक चिसो बढेको कारण बालबालिका बढी प्रभावित हुन थालेपछि स्वास्थ्य सुरक्षाको दृष्टिकोणले माघ ७ गतेसम्मका लागि यहाँका सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरप्रमुख उत्तम गौतमले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया