राजविराज चौधरी आँखा उपचार केन्द्र राजविराजमा १८ हजारको उपचार
२ माघ २०७७, शुक्रबार २०:०८
राजविराज । सप्तरीको राजविराजमा रहेको सगरमाथा चौधरी आँखा अस्पताल उपचार केन्द्रमा एक बर्षको अवधिमा हजारोको संख्यामा उपचार सेव दिइएको जनाइएको छ ।
सप्तरीको राजविराज नगरपालिका वडा नं. ९ स्थित मलेठमा रहेको सगरमाथा चौधरी आँखा अस्पताल उपचार केन्द्रमा सन् २०२० को जनवारी देखि डिसेम्बर सम्ममा करिब १८ हजार सेवाग्राहीले उपचार सेवा लिएको कार्यालय प्रमुख रामकुमार झाले बताउनुभयो ।
कार्यालय प्रमुख झाका अनुसार उपचार सेवा पाएका मध्ये करिब २ हजार ३ सय ३१ जनामा मोतिया बिन्द भेटिएको छ ।
कोभिड १९ का कारण सबै अस्पतालहरु बन्द भएको बेलामा पनि सधै संचालमा रहेको चौधरी आँखा अस्पतालमा दैनिकरुपमा सेनिटाईजर,माक्स र सरसफाईको माध्यमले आँखा उपचारको लगि आउने बिरामीहरुको सेवा दिइएको कार्यालय प्रमुख झाले जानकारी दिनुभये । जसमध्ये १ हजार ७ सय ५२ जना भारतीय नागरिकले समेत यहाँको आँखा अस्पतालमा उपचार सेवा पाइएको अस्तालले जनाएको छ ।
करिब ३० बेड(शैया) को रुपमा रहेको सगरमाथा चौधरी आँखा उपचार केन्द्रमा हप्ताको प्रत्येक सुक्रबार यहाँ मोतियाबिन्दको शल्यक्रिया(अपरेशन ) समेत गरिन्छ ।
साथै आँखाको बिरामी बढेको अवस्थामा हप्तामा दुई चौटी समेत शल्यक्रिया गर्ने योजना सहित अस्पतालमा उपचार सेवा प्रभावकारी रुपमा दिइरहेको प्रमुख झाको भनाई छ ।
कार्यालय प्रमुख सहित ११ जना कर्मचारी रहेको उक्त अस्पतालमा एक बर्षको दरबियानमा करिब ३ सय ४३ जनाको शल्यक्रिया समेत गरिएको छ । साथै आँखा पाकने,दृस्टीदोष,चोटपटक (फोरेन्बडी)का बिरामीहरु बढी उपचारको लागि अस्पतलमा आउने गरेको अस्पताल श्रोतले जनाएको छ ।
सन् २००२ मा स्थापना गरिएको सो अस्पतालमा अहिले दैनिकरुपमा १ सय ५० देखि दुई सय सम्म आँखाको बिरामी उपचार गर्न आउने गरेको छ ।
कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले भारतीय सीमा नाका बन्द गरेपछि उपचारका लागि अस्पताल आउने भारतीय बिरामीको संख्या यस बर्ष ह्वातै घटेको अस्पतालले जनएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया