रामचन्द्रले ओलीको चर्कै विरोध गरेपछि देउवाले आफ्नै निवासमा बोलाएर हपारे – Nagarikabhiyan : National News

रामचन्द्रले ओलीको चर्कै विरोध गरेपछि देउवाले आफ्नै निवासमा बोलाएर हपारे

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई हपारेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको कदमप्रति सफ्ट रहँदै आएका देउवाका अगाडि पौडेलले ओलीको चर्को विरोध गरेपछि सम्झाएका हुन् ।

आइतबार विहान देउवा निवासमा ‘सूर्यप्रसाद उपाध्याय विशेष पुस्तक विमोचन’ कार्यक्रम राखिएको थियो । पौडेल पनि उपस्थित थिए ।

ओलीले प्रतिनिधिसभा विघटन गर्नै नसक्ने भन्दै पौडेलले संविधान बनाउने आफूहरु जिउँदै रहेको बताए ।

पौडेल संविधान बनाउने आफू भएको र आफू जिउँदै रहेको भने पनि देउवा जंगिए।

पौडेलले भने, ‘संविधानमा कही पनि विघटन गर्ने ठाउँ छैन। प्रतिनिधिसभा विघटन हुनै सक्दैन भनेर लेखिएको छ। प्रधानमन्त्रीले संसद भंग गर्न नपाउने। २ वर्ष नभई अविश्वासको प्रस्ताव ल्याउन नपाइने संविधान बनाउने हामी हौ। हामी यहाँ जिउँदै हुँदाहुँदै।’
त्यसपछि देउवा जंगिए, ‘म पनि जिउँदै छु त यहाँ।’ त्यसपछि पौडेलले सँगै थपे, ‘तपाई हामी सबै हो त। हामी संविधान बनाउने रछ्यानमा फालेको सहेर बस्नु हुँदैन।’

देउवा ओलीलाई समर्थन गर्नेगरी चुनावमा जानुपर्छ भन्ने लाइनमा छन् भने पौडेल आन्दोलनबाट संसद पुनर्स्थापनामा जानुपर्ने पक्षमा छन् । पौडेललाई प्रचण्ड-माधव समूहले संसद पुनर्स्थापनापछि राष्ट्रपति बनाउने आश्वासन पनि दिएको बुझिएको छ ।