दुई जना पत्रकार नगदसहित पुरस्कृत – Nagarikabhiyan : National News

दुई जना पत्रकार नगदसहित पुरस्कृत

राजविराज । २७ औं ‘लोकेन्द्र स्मृति पत्रकारीता पुरस्कारबाट यस वर्ष राजविराज टुडेका सञ्चारकर्मी धर्मपाल राउतलाई नगदसहित पुस्कृत गरिएको छ ।

लोकेन्द्र स्मृति दिवसको अवसरमा नेपाल पत्रकार महासंघले आज राजविराजस्थित महासंघको सभाहलमा आयोजना गरेको पुरस्कार वितरण समारोहमा अनुसन्धानात्मक समाचार तथा खोजमुल्क समाचारमा कलम चलाएर योगदान पु¥याएको भन्दै संचारकर्मी राउतलाई यस बर्ष २७ औं लोकेन्द्र स्मृति पत्रकारीता पुरस्कार प्रदान गरिएको हो ।

 

नेपाल पत्रकार महासंघ शाखा सप्तरीद्वारा स्थापित लोकेन्द्र स्मृति पत्रकारीता पुरस्कार प्रमुखअतिथि पत्रकार महासंघका केन्द्रीय सदस्य अवधेश झा र पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाले संचारकर्मी राउतलाई संयुक्त रुपमा नगदसहित, दोसल्ला ओढाएर प्रमाण पत्र प्रदान गर्नुभयो ।

विगत १० वर्षदेखि सप्तरी जिल्लालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका राउत राजविराजबाट प्रकाशित राजविराज टुडेका प्रमुख समाचारदाता हुन् । सो कार्यक्रममा उहाँलाई रु ५ हजार ५ रुपैयाँ पुरस्कार राशी समेत प्रदान गरिएको थियो ।

सोही समारोहमा आजको वातावरण दैनिकका सम्पादक वैद्यनाथ झाले स्थापना गरेको उमासिंह स्मृति पत्रकारीता पुरस्कारबाट सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १ का स्थानिय समाचारदाता भुवदेव मालीाई समेत पुस्कृत गरि सम्मानन गरिएको छ ।

मालि मधेस न्युजका समाचारताका रुपमा स्थानिय ग्रामिण भेगमा राम्रो र उल्लेखनिय काम गरेर समचार लेखेको भन्दै उनलाई उमासिँह स्मृति पुरस्कारबाट रु १ हजार १ सय ११ रुपैया नगदसहित पुरस्कृत गरिएको पत्रकार महासंगले जनाएको छ ।

 

नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाको अध्यक्षता तथा केन्द्रीय सदस्य अवधेशा झाको प्रमुख आतिथ्यमा आयोजित पुरस्कार वितरण समारोहमा वरिष्ठ पत्रकार शिवहरी भट्टराई, उद्योग बाणिज्य संघका अध्यक्ष अरुण प्रधान , पत्रकार मासंघका उपाध्यक्ष श्यामसुन्दर यादव र निजामति कर्मचारीहरुको अधिकारिक टे«डयुनियका सप्तरी अध्यक्ष अजय कुमार झा लगायतले शुभकामना मन्तव्य व्यक्त गरका थिए ।

यसैबिच लोकेन्द्र स्मृति कोषमा उद्योग बाणिज्य संघका अध्यक्ष अरुण प्रधानले रु दश हजार सहयोग गर्नुभएको थियो ।

सल्यान जिल्लाको कोटमौला गाविस घर भई सप्तरीलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका लोकेन्द्र बुढाथोकीको बि.स.२०५० सालमा हत्या भएपछि उनकै स्मृतीमा २०५१ सालमा यो पुरस्कारको स्थापना गरिएको हो ।

बुढाथोकी दृष्टि साप्ताहिकका सप्तरी प्रतिनिधि तथा स्थानीय सगरमाथा आवाज सप्ताहिकका सह(सम्पादक थिए ।

राजविराजस्थित समाज कल्याण केन्द्रमा बसी एसएलसीको पढाइ पूरा गरेका बुढाथोकीको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा बिएल दोस्रो वर्षमा अध्ययनरत रहेकै अवस्थामा राजविराज ६ स्थित डेरामा रहस्यमय हत्या भएको थियो ।

उनको हत्यको रहस्यमै रहेको र हत्या गर्ने ब्यक्ति अझै पता नलागेको बरिष्ठ पत्रकार बिष्णु मण्डलको भनाई छ ।