‘हङकङमा १२’ माथि चिनियाँ अधिकारीले दिएको यातनाप्रति अमेरिकाद्वारा निन्दा, तत्काल रिहाइको माग – Nagarikabhiyan : National News

‘हङकङमा १२’ माथि चिनियाँ अधिकारीले दिएको यातनाप्रति अमेरिकाद्वारा निन्दा, तत्काल रिहाइको माग

वाशिङ्‌टन । हङकङमा प्रजातन्त्र समर्थित १२ जनाको समूहलाई चिनियाँ अधिकारीहरुले यातना दिइरहेको छ । चीनले हङकङबाट ताइवान भाग्‍न खोजेका १२ प्रजातन्त्र समर्थक प्रदर्शनकारीहरूको समूहलाई नियन्त्रणमा लिएर यातना दिइरहेको छ ।

चीनको उक्त कदमको अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले बिहीबार आलोचना गरिएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको निन्दा गर्दै विदेशमन्त्री पोम्पिओले नियन्त्रणमा लिइएका प्रजातन्त्र समर्थित व्यक्तिहरुलाई तत्काल रिहाइ गर्न माग गरेका छन् ।

हङकङबाट ताइवान भाग्‍न खोजेको भन्दै १० जना व्यक्तिलाई सामुद्रिक अधिकारीहरूले पक्राउ गरेका थिए । अगस्तमा स्पीडबोटबाट ताइवान पुग्‍न खोजेका थिए । लामो समय हिरासतमा राखिएका उनीहरुलाई शेन्जेन अदालतले बुधवार सात महिनादेखि तीन वर्षसम्मको जेल सजाय सुनाइएको थियो । दुई नाबालिग यात्रु हङकङ प्रहरीलाई हस्तान्तरण गरिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।

एक विज्ञप्तिमा पोम्पीओले भने, ‘चिनियाँ कम्युनिष्ट पार्टी र यसका स्थानीय अधिकारीहरुू ले आफ्नो कानुनको शासनलाई नष्ट नगरेसम्म र हङकङका जनताको स्वतन्त्रता नलिएसम्म हङकङ एक सम्पन्न क्षेत्र हो ।’

‘हङकङ १२’ जसले यस तानाशाहीबाट भाग्न खोजेका थिए उनीहरुलाई विभिन्‍न मुलुकहरुले स्वागत गरेको थियो । शीर्ष अमेरिकी कूटनीतिज्ञले सीसीपीलाई ‘एक शासन’ भने जसले विश्वव्यापी नेतृत्वमा कुनै दाबी राख्‍नु सक्दैन । ‘आफ्नै जनतालाई छोड्नबाट रोक्ने व्यवस्थाले महानता वा विश्वव्यापी नेतृत्वको कुनै दाबी गर्न सक्दैन । यो केवल एक नाजुक तानाशाही हो, आफ्नै मुलुकका नागरिकसँग डराएको तानाशाह हो,’ उनले थपे ।

पोम्पिओले शेन्जेन अदालतको बुधवारको फैसलाले चिनियाँ सरकारले अन्तर्राष्ट्रिय सन्धि सम्झाउनुलाई ुबेवास्ता गरेकोु बताएका छन् ।  युरोपेली संघ, क्यानडा र बेलायतलगायतका मुलुकले उक्त मुद्दाको निष्पक्षताप्रति चिन्ता व्यक्त गर्दै १२ प्रजातन्त्र समर्थकहरूप्रति बेइजिङले यातना दिएको कदमविरूद्ध निन्दा गर्नुका साथै तत्काल रिहाइको माग गरेका छन् ।

हङकङमा प्रजातन्त्र समर्थित १२ जनाको समूहलाई चिनियाँ अधिकारीहरुले यातना दिइरहेको छ । चीनले हङकङबाट ताइवान भाग्‍न खोजेका १२ प्रजातन्त्र समर्थक प्रदर्शनकारीहरूको समूहलाई नियन्त्रणमा लिएर यातना दिइरहेको छ ।