ओलीले प्रचण्डलाई भने- सँगै काम गरेकाले माया लाग्यो, के हाे संकेत ?
२५ पुष २०७७, शनिबार १९:२०
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका ओली समुहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको माया लगाएको टिप्पणी गरेका छन् । शनिबार युवा संघको बागमती प्रदेशको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अलि समयसँगै काम गरेकाले प्रचण्डको माया लागेको बताएका हुन् ।
भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘अस्ति अँध्यारो अनुहार पारेर, निरिहपूर्वक प्रचण्डले बोलेको सुनेँ– वैशाखबाट केपी ओली राजनीतिबाटै सिद्धिन्छन्, अलि समय सँगै काम गरेको हुँदा माया पनि लाग्दो रै‘छ, यसो बोलेको सुन्दा मलाई माया पनि लाग्यो’, ठट्यौली पारामा ओलीले भने, ‘हिजो जनयुद्ध लडेका, उ्हाँलाई साथ दिएका कोही उहाँसँग छ अब ? सिद्धिए।’ ओलीले यसो भन्दै गर्दा हलमा हासो र ताली गुञ्जिएको थियो।
यसबाहेक ओलीले माधव नेपाल मदन भण्डारी मरेपछि महासचिव, आफूले छाडेका कारण अध्यक्ष र अन्तैको निर्देशनमा प्रधानमन्त्री भएको टिप्पणी गरेका छन् । ‘माधव नेपाल मदन भण्डारी मरेपछि महासचिव, मैले छाडेर अध्यक्ष भए, चुनाव लडेपछि अन्तैबाट च्यानल लगाइदिएर प्रधानमन्त्री भए’, उनले भने।

फेसबुकबाट तपाईको प्रतिक्रिया