धनगडीमा ओलीको कुकृत्य, देउवाकाे घोषणाले खैलाबैला !
२४ पुष २०७७, शुक्रबार २०:०२
काठमाडौं। धनगडीमा आफुपक्षको भेलालाई सम्बोधन गर्न गएका ओलीको कार्यक्रमबाट न्याय माग्न पुगेका युवाहर पक्राउ परेका छन् । यो घटनापछि नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ‘निर्मला पन्तको बलात्कारी खै ?’ भनेर न्याय माग्न पुगेकाहरूलाई तत्काल रिहाइ गर्न माग गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा शुक्रबार धनगढीमा आयोजित कार्यक्रममा ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएको भन्दै प्रहरीले पक्राउ गरेका सात युवा रिहा गर्नुपर्ने उनको माग छ ।
‘धनगढीमा निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर न्याय मागेका युवाहरूलाई पक्राउ गर्ने कार्य एकदम निन्दनीय छ,’ पूर्वप्रधानमन्त्री देउवाले ट्विटरमा लेखेका छन्,
कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले ओलीका कारण हुन पुगेको यो घटना कुकृत्य भन्दै आलोचना गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया