एउटै वडामा नौ किलोमिटर सडक कालो पत्रे – Nagarikabhiyan : National News

एउटै वडामा नौ किलोमिटर सडक कालो पत्रे

इनरुवा । सुनसरीको रामधुनी नगरपालिकाको एउटै वडामा नौ किलोमिटर सडक कालो पत्रे भएको छ । रामधुनी ५ मा जनप्रतिनिधि आएको साढे तीन वर्षको अवधीमा विभिन्न ११ स्थानमा वडामा नौ किलोमिटर सडकबाटो कालो पत्रे भएको हो । वडामा भएको सडक बाटोमा टायल मार्बल, नाला निर्माण सहित नौ किलोमिटर बाटो कालोपत्रेको कार्य सम्पन्न भएको वडा अध्यक्ष डेगराज फुयालले जानकारी दिनुभयो ।

वडामा सबै काममा उपभोक्ताहरुको समेत २० प्रतिशतसम्म जनश्रमदान रहेकाले काम राम्रो भएको फुयालले जानकारी दिनुभयो । वहाँले आफू निर्वाचित भएपछि पानी जम्ने, मानिसलाई आउनजान समस्या भएको जिर्ण बाटोदेखी ग्राभेलसम्मको बाटोहरुलाई आवश्यकता र प्राथमिकताका आधारमा सुरुमा अनुगमन गरेर योजना बनाएको र क्रमशः काम गर्दै जादाँ हालसम्ममा नौ किमि बाटो कालोपत्रे गरेको फुयालले जानकारी दिनुभयो ।

यता वडाध्यक्ष डेगराज फूयाँलका अनुसार वडा कार्यालयले चालू आथिर्क वर्षमा बिभिन्न ५९ वटा योजना तथा कार्यक्रमहरु सञ्चालन गरेको छ । वडामा महिला स्वंयसेविकाको खाजा खर्चदेखी सडक बाटोमा कालोपत्रे गर्ने कामसम्मको योजना रहेको बताउनुभयो । फूयाँलले आप्mनो वडामा विगतमा एउटै पनि सामुदायिक विद्यालय नरहेकाले आफनो कार्यकालमा रामधुनी आदर्श विद्यालय वडाकै अनुदानमा सञ्चालनमा ल्याएको समेत बताउनुभयो ।

विद्यालयका लागि वडाबाट सञ्चालन अनुदान १५ लाख र भवन निर्माण पाँच लाख रुयिपाँ खर्च सहित नमूना कार्य गरिएको बताउनुभयो । उहाँले विद्यालयमा चारजना शिक्षक कर्मचारी सहित निजी विद्यालय जस्तै पूर्ण अंग्रेजी माध्यमा नर्सरी, एलकेजी र कक्षा १ सम्म पठनपाठन सुरु गरेको बताउनुभयो । विद्यालयमा निजी विद्यालय जस्तै सबै सेवा दिएपनि अभिभावकले भने कुनै पनि शुल्क तिर्न नपर्ने ब्यवस्था मिलाएको छ ।
विद्यार्थी टिकाउनका लागि खाजा कार्यक्रम र निःशुल्क पाठयपुस्तक तथा बालमैत्री कक्षा कोठाको ब्यवस्था गरिएको छ । त्यस्तै वडामा भाँडाको घरमा रहेको स्वास्थ्य संस्थालाई हालै निर्माण गरिएको अस्पताल भवनमा सार्ने तयारी गरिएको छ । वडामा चालु आर्थिक वर्षमा मात्रै पानि निकासका लागि रामधुनी आदर्श विद्यालय अगाडि नाला निर्माण गर्न पाँच लाख रुपियाँ बिनियोजन गरेको छ ।


त्यस्तै मनकामना ढल निकास गर्न चार लाख रुपियाँ, युनिक मार्ग कालोपत्रे गर्न चार लाख रुपियाँ, राधेगोरीया मार्ग नाला निर्माण गर्न तीन लाख , लोटस मार्ग नाला निर्माण गर्न ६ लाख रुपियाँ, शान्ति मार्ग ब्लक लगाउने कामका लागि ६ लाख रुपियाँ, शान्ति पथका लागि दुई लाख रुपियाँ,, सुगम टोल नाला निर्माणका लागि तीन लाख रुपियाँ, सद्भाव मार्ग पक्की नाला निर्माण गर्न एक लाख पचास हजार रुपियाँ, सयपत्री मार्ग राजमार्ग पश्चिम ब्लक बाटो निर्माण गर्न पाँच लाख रुपियाँ बिनियोजन गरेको छ ।

रामधुनी(५ का लागि पारिजात टोलमा पिपरा जोडने सडकका लागि एक लाख पचास हजार रुपियाँ, हसनपुरदेखी पश्चिम नहर पुल सम्मको कालोपत्रे गर्न २३ लाख रुपियाँ, दाहाल बयरवन ढलनिकास ८० हजार रुपियाँ र सोही निकासका लागि पुर्वतर्फ चार लाख रुपियाँ, छत्र कुमार चौधरीको घरदेखी थानपानी निकास गर्न चारलाख, ¥यापटिङ्ग मार्गको पानी निकासी गर्न तथा मार्ग निकासका लागि एक लाख ८० हजार रुपियाँ बिनियोजन गरेको फूयाँलले बताउनुभयो ।

वडामा सञ्चालन भएको सबैकाममा उपभोक्ता समितिको थप २० प्रतिशत लगानी रहेको जनाएको छ । वडाले एक करोड ५० लाख रुपियाँ, बजेट पाएकोमा आन्तरिक स्रोत २२ लाख रुपियाँ र जनश्रमदान सहित एक करोड ९३ लाख ८० हजार रुपियाँ बजेटको काम गरिरहेको छ ।
उता नगरपालिका र वडामा सञ्चालन गरेको नगर तथा वडास्तरीय योजनाको स्थलगत अनुगमन थालेको छ । विकासमा गुणस्तरीयता, जनसहभागिता र पारदर्शिताका लागि भन्दै योजना अनुसारको काम भएको वा नभएको विषयमा योजनापिच्छे अनुगमन थालेको हो । अनुगमन समितिका संयोजक तथा रामधुनी नगरपालिकाकी उपप्रमुख सविना चौधरीको नेतृत्वको टोलीले अनुगमन गरेको हो ।
चौधरीले बुधवार मात्रै रामधुनी(५ नम्बर वडाको बिभिन्न योजनाहरुको अनुगमन गर्नुभयो । चौधरीले रामधुनी नगरपालिका(५ को सडक, नाला, ढल निकास, विद्यालय, स्वास्थ्य संस्था सहितको बिभिन्न योजनाहरुको अनुगमन गर्नुभयो । चाधरीले रामधुनी ५ को पारिजात टोल, रामधुनी आदर्श विद्यालय, गणेशटोल बाटो स्तरन्नोतीको काम गोदाबरी मार्गको नाला निर्माणको काम, जनजाति मार्गको स्तरोन्नतीको कार्य झुम्का भौमरी चौकदेखी थारु कल्याण्कारी सम्मको बाटो सिलकोट गर्ने कार्य, डंग्राही मार्ग नाला निर्माण, पवित्रा मार्गमा पक्की नाला निर्माण, बाटो गोदावरी मार्ग लगायतका २० वटा योजनाको स्थलगत अनुगमन गरेको हो ।