प्रधानमन्त्री ओली धनगढीमा, आमसभालाई सम्बोधन गर्ने
२४ पुष २०७७, शुक्रबार १३:००
धनगढी । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली धनगढी आइपुग्नुभएको छ ।
धनगढीको खुला मञ्चमा नेकपाले आयोजना गर्न लागेको आमसभालाई सम्बोधन गर्नका लागि उहाँ केही बेर अघि श्री एयरलाइन्सको नियमित उडानमार्फत धनगढी आइपुग्नु भएको हो । दिउँसो १ः३० बजे हुने जनसभालाई प्रधानमन्त्री ओलीले सम्बोधान गर्ने कार्यक्रम रहेको छ । धनगढी खुल्ला मञ्चमा कार्यक्रम आयोजना गरिएको छ ।
नकपाकै प्रचण्ड-नेपाल समुहको पकड मानिएको सुदुरपश्चिम प्रदेशमा प्रतिनिधि सभा विघटनपछि पहिलोपटक हुन लागेको बृहत्तर जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली धनगढी पुग्नुभएको हो । प्रधानमन्त्रीले सम्बाेधन कार्यक्रमलाई विशेषरुपले हेरिएको छ भने धनगढीकाे सुरक्षा व्यवस्था कडा पारिएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया