भारतमा प्रचण्डको राजनीतिक भेटघाट, गोकुल बास्कोटाले दिए धम्की !
२३ पुष २०७७, बिहीबार १९:२०
काठमाडौं। पूर्वमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता गोकुल बास्कोटाले नेकपा प्रचण्डनेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि धम्कीपूर्ण टिप्पणी गरेका छन् । यतिबेला प्रचण्ड आफ्नी पत्नी सीता दाहालको उपचारका लागि भारतको मुम्बईमा छन् ।
यस्तोमा पूर्वमन्त्री बास्कोटाले प्रचण्डले विदेशीको इसारामा काम गरेमा राजनीतिक शक्ति संघर्ष कष्टकर बन्न सक्ने धम्कीपूर्ण चेतावनी दिएका हुन् ।
प्रचण्ड भारतमा रहँदा भारतीय राजनीतिज्ञहरुसँग भेटघाट गरेको भनेर सामाजिक सञ्जालमा टिकाटिप्पणी सुरु हुँदा नेता बास्कोटाले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रचण्डमाथि कडा प्रहार गरेका हुन् ।
‘पुष्पकमल दाहालकी धर्मपत्नी सीता दहालको उपचार सफल होस, शुभकामना। तर कसैको मन्त्रणामा देशविरुद्ध तानाबाना बुन्ने काम गरेर दहाल फर्के भने राजनीतिक शक्तिसङघर्षले कष्टकर बाटो समाउने निश्चित छ।’ बास्कोटाले लेखेका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्डकी पत्नी सीता दाहाललाई थप उपचारका लागि पुस २० गते भारतको मुम्बई लगिएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया