इटालीमा २ लाख १० हजारभन्दा बढीलाई कोरोना संक्रमण – Nagarikabhiyan : National News

इटालीमा २ लाख १० हजारभन्दा बढीलाई कोरोना संक्रमण

कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन १७४ जनाको मृत्यु भएको छ ।योसँगै इटालीमा मृतकको संख्या २८ हजार ८८४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ३८९ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख १० हजार ७१७ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये ८१ हजार ६५४ जना उपचारपछि निको भएका छन् ।

उपचार गराइरहेका १ लाख १७९ जनामध्ये १ हजार ५०१ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । एजेन्सी