संसद विघटनविरुद्ध अनेरास्ववियूले निकाल्यो लालटिन जुलुस – Nagarikabhiyan : National News

संसद विघटनविरुद्ध अनेरास्ववियूले निकाल्यो लालटिन जुलुस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेसँगै सत्तारुढ नेकपा प्रचण्ड–नेपाल समूहको भातृ संगठन अनेरास्ववियू सरकारको कदमको विरोधमा सडकमा उत्रिएको छ ।

अनेरास्ववियूले आज काठमाडौंको माइतीघर मण्डलामा लाल्टिन जुलुस निकालेको छ । ‘दिउँसै लालटिन बाल्दा पनि संविधानमा संसद विघटनको धारा भेटिएन’ लेखिएको कालो ब्यानरसहित प्रचण्ड–माधव नेपाल समूहमा रहेका अनेरास्ववियू नेता–कार्यकर्ताहरुले लालटिन जुलुस निकालेका हुन् । उनीहरुले ‘दिउँसै लालटिन बाल्यौं है, संसद विघटनको धारा ख्वै’, ‘हामी अरु जान्दैनौं, प्रतिनिधिसभा विघटन मान्दैनौं’ भन्दै चर्का नारा पनि लगाएका थिए ।