रुसमा एकैदिन १० हजारभन्दा बढी नयाँ कोरोना संक्रमित – Nagarikabhiyan : National News

रुसमा एकैदिन १० हजारभन्दा बढी नयाँ कोरोना संक्रमित

काठमाडौं । रुसमा गएको २४ घण्टामा १० हजार ६३३ नयाँ कोरोना संक्रमित भेटिएका छन्।

यससँगै रुसमा कोरोना संक्रमितको संख्या एक लाख ३४ हजार ६८७ पुगेको छ। यीमध्ये १२ सय ८० को मृत्यु भइसक्दा १६ हजार ६३९ उपचारपछि स्वस्थ बनेका छन्।

पछिल्लो समय रुस कोरोना भाइरसले निकै ग्रस्त बनिरहेको छ।