ट्रकको ठक्करबाट मण्डलको मृत्यु – Nagarikabhiyan : National News

ट्रकको ठक्करबाट मण्डलको मृत्यु

राजविराज । पुर्व–पश्चििम राजमार्ग अन्र्तगत सप्तरीको बिरेन्द्र बजारमा आज बिहान ट्रकको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको बिष्णुपुर गाउँपालिका वडा नं. १ बस्ने ३५ बर्षीय राम कुमार खत्वे मण्डल रहेकोे प्रहरी उपरिक्षक राजेन्द्र धमलालले जानकारी दिनुभयो ।

ठक्करबट गम्भिर घाइते भएका मण्डलको स्थानिय अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । पश्चिमबाट पुर्वतर्फ जादै गरेको हाललाई नम्बर नखुलेको ट्रकले बिरेन्द्र बजारमा उनलाई ठक्कर दिएको थियो ।

ठक्कर दिएर फरार ट्रकके खोजी तथा घटनाबारे थप्प अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक भुवनेश्वर साहले जानकारी दिनुभयो ।