राष्ट्रपतिद्वारा वैशाख २६ गते संसद अधिवेशन आह्वान
२१ बैशाख २०७७, आईतवार १५:२८
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन वैशाख २६ गतेका लागि आह्वान गरेकी छन् ।
आज आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले बजेट अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गरेको थियो । सोही सिफारिसमा राष्ट्रपति भण्डारीले वैशाख २६ गते दिउँसो ४ बजे बस्ने गरी संघीय संसदको अधिवेशन आह्वान गरेकी हुन् ।
बजेट अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम पारित गर्ने, बजेट प्रस्तुत गर्ने र पारित गर्ने गरिन्छ ।
जेठ १५ गते आगामि आर्थिक वर्षको बजेट संघीय संसदमा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ । बजेट पेश गर्नुअघि राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया