कालो बेलुन उडाएर गृहमन्त्री बादलविरुद्ध चितवनमा प्रदर्शन
२० पुष २०७७, सोमबार १५:०८
काठमाडौं : गृहमन्त्री रामबहादुर थापा ‘बादल’विरुद्ध चितवनमा कालो बेलुन उडाएर प्रदर्शन गरिएको छ ।
सोमबार गृहजिल्ला चितवन पुगेका गृहमन्त्री बादललाई विरोधस्वरुप कालो बेलुन उडाएर प्रदर्शन गरिएको हो । बादल प्रधानमन्त्री केपी शर्मा ओली पक्षले आयोजना गरेको सभामा सहभागी हुन गृहजिल्ला गएका थिए ।‘बादल लाल गद्धार, संवैधानिक ‘कू’का मतियार’ लेखेको ब्यानर बेलुनमा बाँधेर उडाइएको छ ।
सोमबार एकै समय पारेर प्रधानमन्त्री केपी ओली र प्रचण्ड–नेपाल पक्षले कार्यक्रम आयोजना गरेका छन् । कार्यक्रमस्थल भरतपुरको हाकिम चोक जाने क्रममा बादलविरुद्ध प्रचण्ड–नेपाल समर्थकहरुले बेलुन उडाएर विरोध प्रदर्शन गरेका हुन् । प्रचण्ड–नेपाल पक्ष समर्थकहरुले विभिन्न कार्यालय, होटल, बिजुलीका पोल तथा रुखहरुमा समेत कालो बेलुन बाँधेर प्रदर्शन गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया