काेशि टापुबाट निस्केकाे हात्तीको आकर्मणमा एककाे मृत्युुः अवस्था तनाव पुर्ण
१४ पुष २०७७, मंगलवार १२:३८
देवानगञ्ज । सुनसरीको कोशी गाउँपालीकामा हात्ती आक्रमणबाट एकजनाको मृत्यु भएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केर आएको हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।
सुनसरीको कोशी गाउँपालिका–४ का २५बर्षीय मोती कामतको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । सोमवार राती साँढे ८ बजेको समयमा जुद्धगञ्जमा रहेको मासु पसलबाट मासू किनेर फर्कदै गरेका कामतलाई जंगली हात्तीले आक्रमण गर्दा निजको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
अहिले स्थािनयहरू काेशि कटान क्षेत्रमा सब सडकमा राखेर नारा बजि गरिरहेकाे छ । त्यस क्षेत्रकाे अवस्था अहिले तनाव पूर्ण छ र सयाैंकाे संख्यामा प्रहरी परिचालन गरेकाे स्थानिय पत्रकार पवन राैनियारले जानकरि दिएकाे छ । भिडियाे : पवन राैनियार
https://fb.watch/2GyQcfXE0h/

फेसबुकबाट तपाईको प्रतिक्रिया