कालोबजारी आरोप लागेका व्यवसायी अग्रवालसँग २५ लाख ५० हजार धरौटी माग – Nagarikabhiyan : National News

कालोबजारी आरोप लागेका व्यवसायी अग्रवालसँग २५ लाख ५० हजार धरौटी माग

काठमाडौं । कालोबजारी आरोप लागेका व्यवसायी सुलभ अग्रवालसँग काठमाडौं जिल्ला अदालतले २५ लाख ५० हजार रुपैयाँ धरौटी माग गरेको छ ।

ज्वरो नाप्ने थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका अग्रवालको मुद्दा बिहीबार काठमाडौं जिल्ला अदालतमा न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासमा सुनुवाई भएको थियो ।

व्यवसायी अग्रवालले ५ हजार रुपैयाँ पर्ने थर्मल गन १५ हजार रुपैयाँमा बेच्न खोजेको भन्दै प्रहरीले काठमाडौंको नक्सालबाट पक्राउ गरेको थियो ।