नयाँ मन्त्रीसहित बालुवाटारमा बस्यो मन्त्रिपरिषदको बैठक
१० पुष २०७७, शुक्रबार २०:३०
काठमाडौं । संसद विघटनपछि पुनर्गठित मन्त्रिपरिषदको बैठक बालुवाटारमा सुरु भएको छ।
संसदविघटनपछि प्रचण्ड–नेपाल पक्षका सात मन्त्रीले राजीनामा दिएका थिए। शुक्रबार साँझ नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले केही नयाँ मन्त्रीहरु थप्नुको साथै हेरफेर गरेलगत्तै मन्त्रिपरिषदको बैठक बालुवाटारमा बसेको हो।
शुक्रबार प्रधानमन्त्री ओलीले एक मन्त्री र एक राज्यमन्त्रीलाई हटाएर आठ जना मन्त्री र एक राज्यमन्त्रीसहित नौ जना नयाँ सदस्य नियुक्त गर्नुको साथै मौजुदा जिम्मेवारीमा हेरफेर गरेका हुन्।
ओलीको नयाँ मन्त्रीमण्डल विस्तार अनुसार ऊर्जामन्त्रीमा टोपबहादुर रायमाझी, खानेपानी मन्त्रीमा मणि थापा, शिक्षामा कृष्ण गोपाल श्रेष्ठ, कृषिमा पद्मा अर्याल, भूमि व्यवस्थामा शिवमाया तुम्बाहाङ्फे, कानुनमन्त्री लीला श्रेष्ठ, सहरी विकास मन्त्रीमा प्रभु साह, वन मन्त्रालयमा प्रेम आले, सामान्य मन्त्रीमा गणेश ठगुन्ना, पर्यटनमा भानुभक्त ढकाल र स्वास्थ्य मन्त्रीमा हृदयश त्रिपाठी रहेका छन् ।
जुली महतोलाइ महिला बालबालिका मन्त्री बनाइएको छ भने दाबा लामालाइ युवा तथा खेलकूद मन्त्रालयको जिम्मेवारी दिइएको छ । पुस ५ गते ओलीले संसद विघटन गराएका थिए । ओलीको लोकतन्त्रविरोधी कमद भन्दै ७ मन्त्रीले राजीनामा दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया