फ्रन्टलाइनमा खटिएका आप्रवासीहरुलाई फ्रान्सले नागरिकता दिने
१० पुष २०७७, शुक्रबार १९:५५
काठमाडौं । कोरोना महामारीमा फ्रन्टलाइनमा खटिएका सयौँ आप्रवासीहरुलाई फ्रान्स सरकारले नागरिकता प्रदान गर्ने भएको छ ।
कोभिड-१९ विरुद्धको प्रयासमा मद्दत गर्ने सबै आप्रवासीहरुलाई उपहार स्वरुप फान्स सरकारले स्थायी नागरिकताका लागि आवेदन दिन सक्ने बताएको बीबीसीले जनाएको छ ।
अहिले सरसफाइ गर्नेहरुदेखि, पसल चलाउने र स्वास्थ्यकर्मीहरु समावेश ७ सयभन्दा धेरै नयाँ नागरिकता प्राप्त गर्ने अन्तिम चरणमा छन् । विश्वव्यापीरुपमै अग्रपंक्तिमा खटिएका मानिसहरु कोभिडबाट सबैभन्दा बढी संक्रमित छन् ।
ज्यान जोखिममा पारेर भए पनि उनीहरु आफ्नो काम र जिम्मेवारी पूरा गरिरहेका छन् । बिरामीको उपचारकै क्रममा डाक्टर, नर्सलगायत अनागिन्ती स्वास्थ्यकर्मीहरुको मृत्यु भइसकेको छ । यो नयाँ व्यवस्था अन्तर्गत सरकारले फ्रान्समा दुई वर्ष मात्र बसेको भएपनि फ्रन्टलाइनमा खटेकाहरुलाई नागरिकता पाउनयोग्य भएको बताएको छ ।
कोरोना संक्रमणबाट सबैभन्दा नराम्ररी प्रभावित हुने मुलुकहरुमा फ्रान्स पनि शीर्ष स्थानमा रहेको छ । जहाँ २५ लाख बढी बिरामी छन् भने ६२ हजारको मृत्यु भइसकेको छ । नागरिकताले पुरस्कृत गर्ने योजनाबारे सेप्टेम्बरमा नै घोषणा गरिएको थियो । तर अहिले ७० भन्दा धेरै आप्रवासीहरुले फ्रेन्च पासपोर्ट प्राप्त गरिसकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया