बागमती प्रदेशमा बबण्डर, तीन मन्त्रीले दिए राजिनामा
१० पुष २०७७, शुक्रबार १३:१८
वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा गठित सरकार विरुछ अविश्वास प्रस्ताव दर्ता भएको हो । पौडेल विरुद्ध ४५ जना सांसदले शुक्रबार बिहान अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । अविश्वासको प्रस्ताव दर्ता भएको बागमती प्रदेशमा तीन मन्त्रीले पनि राजीनामा दिइसकेका छन् ।
संसदमा अविश्वासको प्रस्ताव दर्ता भएसँगै तीन मन्त्रीले राजीनाम दिएका .हुन्। आन्तरिक मामिलामन्त्री शालिकराम जमकट्टेल, सामाजिक विकासमन्त्री युवराज दुलाल र उद्योग पर्यटन तथा वनमन्त्री अरुणकुमार नेपालले राजीनामा दिएका हुन्।
४५ जना सांसदको हस्ताक्षरसहित हेटौडामा अविश्वासको प्रस्ताव दर्ता भएका हो। सभामुख र उपसभामुखसहित एक सय १० सदस्य रहेको प्रदेश सभामा बहुमतका लागि ५४ मत आवश्यक पर्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया