अंशबन्डाको विषयमा दाजुभाइबीच कुटाकुट हुँदा एक जनाको मृत्यु
४ पुष २०७७, शनिबार १९:५६
काठमाडौं । तेह्रथुममा अंशबन्डाको विषयमा दाजुभाइबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको म्याङ्लुङ नगरपालिका ८ कोबेकका ५२ वर्षीय गणेश लिम्बुको शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
गणेश लिम्बु र उनका भाइ ४३ वर्षीय कीर्तिमान लिम्बुबीच अंशको विषयमा कुटाकुट भएको थियो । छुट्याउने क्रममा गणेशका छोरा ३५ वर्षीय कुमार लिम्बुले बाँसले हिर्काउँदा गणेशको घटनास्थलमै मृत्यु भएको थियो ।
प्रहरीले कुमारलाई पक्राउ गरेको छ । झगडामा गम्भीर घाइते भएका कीर्तिमानलाई उपचारको लागि जिल्ला अस्पताल म्याङलुङ पठाइएको छ । कुमारविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दायर गरी अनुसन्धान गरीरहेको प्रहरीको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया