एक बालकसहित दुईको मृत्यु – Nagarikabhiyan : National News

एक बालकसहित दुईको मृत्यु

राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ स्थित बाँपको बागैचामा छोपिएको अवस्थामा एक जना बालक आज मृत भेटिएको छ ।

स्थानिय सकरपुराका रोहित मुखियाका ५ वर्षीय छोरा आनन्द मुखियाको शव छोपिएको अवस्थामा भेटिएको प्रहरी नयव उपरिक्षक भुवनेश्वर साहले बताउनुभयो ।

बिहिवार खेल्न निस्केका बालक घर नर्फिएपछि वेलुका ९ बजेतिर प्रहरीमा खबर गरेका थिए ।

प्रहरी नायव उपरिक्षक साहका अनुसार ट्याक्टरले किचेर बालकको मृत्यु भएपछि चालकले शव आँपको बाँगैचा हङगाले छोपेर लुकाएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

सोही गाउँका स १ त ७७५२ नम्बरको ट्याक्टरले ति बालकलाई किचेर मारेको प्रहरीले जनाएको छ । यता चालक फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै सप्तरीको राजबिराज नगरपालिका वडा नं.१६ बोरियामा आज आगलागीमा परेर एक जना बृद्धको मृत्यु भएको छ ।

स्थानिय ८५ बर्षिय झलाही यादवको गोठमा सुती रहेको अवस्थामा अचानक बिधुतिय करेन्ट सर्ट भई आगलागी भएको थियो ।

गोठमा आगलागी हुदाँ सोही गोठमा सुतिरहेको झलाही यादवको घट्नास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त आगोलाइृ आगो नेपाल प्रहरी, राजविराजबाट गएका बारुण यन्त्र र स्थानियबासीको सहयोगमा नियन्त्रणमा लिएको थियो । सो आगलागीबाट अन्नपात,लताकपडा नगदजीन्सीसहित करिब एक लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।