पेट्रोलियम पदार्थ तस्करी गर्ने ३ जना पक्राउ,रिहाएको माग गर्दै प्रर्दशन
२८ मंसिर २०७७, आईतवार १८:१८
राजविराज । सप्तरी प्रहरीले नेपाल–भारत सिमा क्षेत्रबाट पेट्रोलियम पदार्थ तस्करी गरि ल्याउदै गरेको अवस्थामा तीन जनालाई आज पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक(डिएसपी) भुवनेश्वर साहका अनुसार नेपाल–भारत सिमा क्षेत्रबाट पेट्रोलियम पदार्थ तस्करी गरि ल्याउदै गरेको छिन्नमस्ता गाउँपालिकाका सुरेन्द्र यादव, अरविन्द मण्डल र लालबाबु मण्डललाई पक्राउ गरिएको हो ।
दुई वटा मोटरसाईकल र एक वटा साईकलमा गरी एक सय भन्दा बढी लिटर डिजल अवैध रुपमा तस्करी गरि ल्याउदै गरेको अवस्थामा तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक साहले बताउनुभयो ।
पेट्रोलियम पदार्थको तस्करी गरिरहेको अवस्थामा पक्राउ गरिएका तीनैलाई इलाका प्रहरी कार्यालय सखडामा राखि उनीहरुमाथि कानूनी प्रक्रिया अघि बढाएको प्रहरी नायव उपरिक्षक साहले जानकारी दिनुभयो
गोप्य ‘सूचनाको आधारमा खटिएको प्रहरी टोलीले तीनै जनालाई दशगज्जा क्षेत्रबाटै नियन्त्रणमा लिइएको थियो । नेपालबाट डिजल खरिद गरी भारततर्फ पु¥याइरहेको सुचना पाइएकोले उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।
यता पक्राउ परेकाहरुको रिहाईको माग गर्दै स्थानीयहरुले ईलाका प्रहरी कार्यालय छिन्नमस्ता(सखडा) घेराउ गरी प्रदर्शन थालिएको छ ।
पेट्रोलियम पदार्थसहित प्रहरीले नियन्त्रणमा लिएपछि स्थानीयहरु आन्दोलित भएका हुन् । तीनै जनाको रिहाई नभएसम्म प्रदर्शन जारी राख्ने स्थानीयहरुको अडान रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया