किन गरिँदैछ चौकिदार गिरीलाइ नियम विपरित सरुवा ? – Nagarikabhiyan : National News

किन गरिँदैछ चौकिदार गिरीलाइ नियम विपरित सरुवा ?

विराटनगर । विराटनगरको देवकोटा चोक घर भएका अभिषेक गिरीलाई काठमाडौं उपत्यका खानेपानी लिमिटेडका लेखा सहायक अच्युतप्रसाद रेग्मीलाई बन्धक बनाएर फिरौती मागेको आरोपमा प्रहरीले २०७० सालमा पक्राउ गरेको थियो । गिरी २०७८ मंसिर ९ गते केन्द्रीय कारागार डिल्लीबजारबाट मोरङ स्थानान्तरण भएका थिए । त्यस अघि उनलाई मोरङबाट सरुवा गरेर २०७४ साल चैत २३ गते काठमाडौंको डिल्ली बजार कारागार लगिएको थियो । अहिले गिरी मोरङ कारागारमा सजाय काटिरहेका छन् । उनी मोरङ कारागारका चौकिदार समेत हुन् । ’अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय भुक्तान गरिरहेका गिरीलाइ नियम विपरित मोरङबाट भीमफेदी कारागार सरुवा गर्न खोजिएको भन्दै बन्दिहरु कालो पट्टि र प्ले कार्ड सहिद आन्दोलनमा उत्रिएका छन् । गिरीलाइ मकवानपुरको भिमफेदी लैजानका लागि गत आइतबार गृह मन्त्रालयको पत्र प्राप्त भएको मोरङ कारागार प्रशासनले जनाएको छ । गिरीलाई कैद अवधि सकिनै लाग्दा गृह मन्त्रालयले मकवानपुरको भीमफेरी कारागार सरुवा गर्ने निर्णय गरेको छ । गृहको सो निर्णयसँगै कैदीबन्दी सरुवा रोक्नुपर्ने मागसहित टाउकोमा कालोपट्टी बाँधेर गिरीको ‘सपोर्ट’मा विभिन्न प्ले कार्डसहित आन्दोलनमा छन् ।मंगलबारदेखि उनीहरूले चौकीदार गिरीको सरुवा षड्यन्त्रपूर्वक भएको र यो स्वीकार्य नहुने भन्दै प्रर्दशन गरेका हुन । उनीहरूले गिरीको सरुवा रोक्नुपर्ने र जबरजस्ति सरुवा गरेमा जस्तोसुकै परिस्थिति आउनसक्ने चेतावनी दिइरहेका छन् । कारागार नियमावलीमा सामान्यतया एक बर्ष भन्दा कम सजाय भुक्तान गर्न बाँकी रहेको केदिबन्दिलाइ सरुवा गर्न नपाइने नियम छ । गिरीले कैद भुक्तान गर्न अब जम्मा २६ दिन मात्रै बाँकी रहेको छ । तर गृह मन्त्रालयले नियम विपरित सरुवा गर्न लागेका कारण चौकिदार गिरी कानुनी लडाइमा लागिपरेका छन् । उनले नियम विपरित सरुवा रोक्नुपर्ने माग सहित जिल्ला प्रषाशन कार्यालय मोरङलाइ विपक्ष बनाएर उच्च अदालत विराटनगरमा रिट दायर गरेका छन् । उच्च अदालत विराटनगरले गिरीलाइ हालका लागी सरुवा नर्गनका लागी जिल्ला प्रषाशन कार्यालय मोरङलाइ आदेश समेत दिएको छ । जेल सजाय पूरा गरी आफू अब सुध्रिएको भएपनि सजाय पूरा गर्ने बेलामा बदनियत पूर्ण तरिकाले सरुवा गर्न लागिएको भन्दै सरुवा रोक्ने आदेश उनले माग गरेका छन् ।

गृहमन्त्री रवि लामिछानेको निर्देशनमा कारागार व्यवस्थापन विभागले गिरीलाई ‘जतिसक्दो चाँडो’ स्थानान्तरण गर्न मोरङ कारागारलाई पत्र पठाएको थियो । गृह मन्त्रालयको ठाडो आदेश भन्दै गिरीलाई कारागार प्रशासनले सरुवा गर्ने योजना बनाएको छ । चौकिदार गिरीले कारागार भित्रैबाट गैरकानुनी गतिविधिहरु गरेको आशंकामा गिरीलाइ सरुवा गर्न लागिएको हो । बेलाबेला अभिषेक गिरीका बारेमा नकारात्मक समाचार समेत आउने गरेका छन् । गिरीले बरु आफ्नो जिम्मेवारी अरुलाई नै दिएर आफुलाई नियम विपरित स्थानान्तरण नगर्न भनिरहेका छन् । मोरङ कारागारबाटै कैद भुक्तान गर्न चाहेको उनले बताएका छन् । ‘या मलाई केन्द्रीय कारागारमा सिफ्ट गरियोस् ।

यता विराटनगर कारागारमै मेरो जिम्मेवारी अरू कसैलाई सुम्पिइयोस्’, गिरी भन्छन्, ‘म यही कारागारबाट कैद भुक्तान गर्न चाहन्छु तर म भीमफेदी जान चाहन्नँ ।’ गृह मन्त्रालयको सरुवा नियम विपरित र गलत भएका कारण आफु कानुनी लडाँइमा उत्रिएको उनि बताँउछन् । मलाइ बदनाम गर्न बेला बेलामा गलत समाचारहरु आइरहेका छन् , गैर कानुनी काम गरेको भए मलाइ कानुनले प्रमाण जुटाएर दण्ड देओस तर नियम विपरित सरुवा गर्न नखोजियोस, सरुवा गर्न खोज्नु नियम विपरित भएको उनी बताउँछन् । मलाइ सड्यन्त्रपुर्वक सरुवा गर्न खोजिदैछ, सरुवाको बाहानामा मलाइ गलत तरिकाले ज्यान मार्न खोजिएको छ ,मेरो इन्काउन्टर गर्ने योजनाका साथ मलाइ नियम विपरित सरुवा गर्न खोजिएको छ ,उनले भने । चौकिदार गिरीले कारागार भित्रैबाट गैरकानुनी काम गरेका कारण सरुवा गर्न खोजिएको भनियता पनी अहिले सम्म गलत कार्य गरेको खुलेको छैन । न त प्रहरी प्रषासनलाइ गिरी विरुद्ध कुनै उजुरी नै परेको छ । सरकारले मिटरब्याजी र अशुली गर्ने गिरोहविरुद्ध कारबाही अघि बढाउन पीडित बनेका नागरिकहरुलाइ निवेदन दिन समेत आह्वान गरेको थियो । तर गिरीले गैरकानुनी काम गरेको प्रमाण र निवेदन प्रहरीसंग छैन ।

नेपाल प्रहरीका प्रवक्ता डिआईजी टेक प्रसाद राईले भने सरुवा गर्ने प्रहरीको अधिकार हैन र प्रहरीले कसैको ज्यान लिदैन, ज्यानको सुरक्षा गर्छ । प्रवक्ता राइले नेपालमा मृत्युदण्डको सजाय नभएको तथा प्रहरीले सबैको संरक्षण गर्ने भएकाले इन्काउन्टर गर्ने कुरामा सत्यता नभएको दाबी गरे । ‘नेपालमा जन्म कैदसम्म गर्ने व्यवस्था रहेको छ । कुनै पनि नागरिकलाई प्रहरीले मार्दैन डीआईजी राईले भने । यता गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले भने यो विषयमा खुलेर बोल्न चाहेन्न र यो विषयमा आफूलाई कुनै पनि जानकारी नभएको बताए । ‘यो विषय कारागार व्यवस्था विभागको हो, उतै बुझ्नु पर्छ हामीलाई जानकारी हुँदैन,’ उनले भने । तर चौकीदार गिरीलाइ गृह मन्त्रालयको डाडो आदेशमा नियम विपरित सरुवा गर्न खोजिएको छ । कारागार ब्याबस्थापन नियमावली अनुसार चौकिदार वा कैदिहरुले नियम विपरित काम गरेको पाइएमा कारागार प्रषासनले जिल्ला प्रषासन कार्यालय मार्फत सरुवा वा कारवाहिको माग गरेको हुनुपर्छ । तर मोरङ कारागार प्रषासनका अनुसार गिरीले अनैतिक काम गरेको नभेटिएको बताएको छ । अभिषेक गिरी चौकिदार भएर मोरङ कारागार आएदेखी कैदिबन्दिहरुलाइ झन सहज भएको बन्दि शक्ति मण्डलले बताए ।

ठुल्दाइ ( अभिशेक गिरी ) चौकीदार भएर आएपछी टेलिफोन , खानेपानी र रोजगारीका क्षेत्रमा सुधार आएको उनी बताउँछन् । कारागार आउनु अगााडी एक मिनेट टेलिफोन शुल्क १४ रुपैयाँ लिने गरिएको थियो, तर अहिले गिरी आएपछी २ रुपैयाँमा झारिएको छ ,उनले भने । कानुन र नियममा १ बर्ष सजाय बाँकी रहेका कैदिबन्दिहरुलाइ सरुवा गर्न पाँइदैन् तर मलाइ भिमफेदी कारागार सरुवाको नाममा इन्काउन्टर गर्ने योजनाका साथ लगिदै